काठमाडौँ । मधेस प्रदेशका ५ सांसद पदमुक्त भएका छन् । बिहीबार ५ सांसद पदमुक्त भएका हुन् ।

पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह, मनिष कुमार सुमन, संजय कुमार यादव, सर्लाही, सिंहासन सा कलवार, सर्लाही र सारदा संकर प्रसाद कलवार, बारा, रहेका छन् ।
प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले आजदेखि नै लागू हुनेगरी प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।


