१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:25 am
Banner

बाबुराम भटटराईको पार्टीसहित रास्वपा छोडेका परिवार र सुदन किरातीबीच ५ बुँदे सहमति

सूचना प्रेस २०८२ कार्तिक २८ शुक्रबार ००:००, १७:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियानका सुदन किरातीबीच मंसिर ७ गते एकता हुने भएको छ ।

यस एकतामा आजै रास्वपा छाडेका सन्तोष परियार पनि मिसिने भएका छन् । रास्वपा छाडेका परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका सुदन किरातीबीच ५ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराती र परियारले हस्ताक्षर गरेका छन्।