काठमाडौं, १ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवाहरूसँग अन्तक्र्रिया गर्ने भएकी छन् । कार्कीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अन्तक्र्रिया गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार जेन–जी आन्दोलनपछिको देशको अवस्था र २१ फागुनका लागि तय भएको निर्वाचनलगायत विषयमा अन्तक्र्रिया हुनेछ । प्रधानमन्त्री कार्कीले पछिल्ला समय छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आएकी छन् ।


