काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय तोकिएको छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गरेको हो ।

विशेष न्यायाधिकरणले महिनौं लामो सुनुवाइमा उनलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा दोषी ठहर गरिएको थियो । अभियोजन पक्षले गत जुनमा अदालतमा हसिनासहित तीन जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।हसिनासँगै र दुई शीर्ष सहयोगीहरूलाई जुलाई विद्रोहको समयमा गरिएको मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको छ । अन्य दुई जना पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अलमामुन हुन् ।
अदालतले यस क्रममा ५४ जनाको बयानलाई आधार मानिएको पनि प्रस्ट पारेको छ । भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको थियो । ७८ वर्षीया हसिनाले गत वर्ष अगस्ट ५ मा भएको विद्यार्थी नेतृत्वको विद्रोहलाई दबाउन घातक कारबाहीको आदेश दिएकी थिइन ।


