काठमाडौं, १ मंसिर । सर्वोच्च अदालतले मधेस प्रदेशका ५ जना सांसदलाई पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेसका सभामुख रामचन्द्र मण्डललाई ५ जना सांसदलाई पदमुक्त नगर्न आदेश गरेको हो।
कात्तिक २७ गते सभामुख मण्डलले जसपाका सांसदहरू मनीष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त गरेका थिए । सभामुखको निर्णयविरूद्व उनीहरू सर्वोच्च अदालत पुगेका थिए ।


