काठमाडौं । काठमाडौंको दरबारमार्गमा स्टारबोस कफीको आउटलेट सञ्चालनमा ल्याइएको छ । तीन करोड रुपैयाँ लगानीमा उक्त कफीको आउटलेट सञ्चालनमा ल्याइएको हो ।

टक्सार ग्रुप अफ कम्पनीले सञ्चालनमा ल्याएको उक्त कफीको आउटलेटको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले उद्घाटन गरे । यस्तै पूर्व मिस नेपाल नम्रता श्रेष्ठलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको छ । उद्घाटन समारोहमा कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने उद्देश्यले यो आउटलेट सञ्चालनमा ल्याएको बताए । उनले आगामी दिनमा कफीको आउटलेट काठमाडौंको तीनकुने र ललितपुरको इमाडोलमा पनि सञ्चालनमा ल्याउने बताए ।


