२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:18 am
Banner

निर्वाचन आयोगमा दर्ता रहेका दलहरूसँग प्रधानमन्त्रीको छलफल शुरु

सूचना प्रेस २०८२ मंसिर ३ बुधबार ००:००, १७:३२ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलहरूसँग आयोजना गरेको सर्वदलीय बैठक शुरु भएको छ।

निर्वाचन, सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिन आयोजना गरिएका सर्वदलीय बैठक केहीवेर अघि शुरु भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ।

बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको छ। निर्वाचन आयोगमा दर्ता भएका १२३ दलहरूलाई बैठकमा बोलाइएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ।