१ जेष्ठ २०८३, शुक्रबार 1778909243
Banner

सिमरामा हवाई फायर

सिमरा, ४ मंसिर । सिमरामा जेनजी आन्दोलनका क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर गरेको छ । कर्फ्युको आदेश अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले एक राउण्ड हवाइ फायर र तीन राउण्ड अश्रृग्यास प्रहार गरेको हो ।

जेनजी समूह अहिले छलफलमा बसिरहेको छ । बुधबार सिमरामा जेनजीमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै उनीहरूले प्रदर्शन चर्काएका हुन् ।