काठमाडौं, ६ मंसिर । राजस्थानको बेवरमा रहेको अम्बुजा सिमेन्ट कारखानामा बायलर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । उम्लिरहेको तातो तरल पदार्थको चपेटामा परेर तीन जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार बायलर विस्फोट हुँदा उच्च तापक्रमको तरल पदार्थ सिधै कामदारहरूमाथि खसेको थियो ।
मृतकहरूमा अजय कुमार, पप्पु कुमार र गोविन्द मौर्य रहेका छन् । प्रहरीले तीनै जनाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको र घटनास्थलमै उनीहरूको मृत्यु भएको बताएको छ ।


