३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:34 am
Banner

आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

सूचना प्रेस २०८२ मंसिर ६ शनिबार ००:००, १८:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

शनिबार बसेको बैठकले कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो । २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचन भएको कांग्रेसले जनाएको छ ।

महामन्त्री गगनकुमार थापाका अनुसार कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।