काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नीति र नेतृत्व दुबै असफल भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भने– ‘गोदावरीमा दुई जना महामन्त्रीहरूले प्रस्तुत गर्नु भएको प्रस्तावहरू आज सम्पूर्णरुपले असान्दर्भिक र असफल भई सक्यो । महामन्त्रीहरूको नीति पनि असान्दर्भिक र असफल भई सक्यो र नेतृत्व पनि काम गर्न नसकेर असान्दर्भिक र असफल प्रमाणित भई सक्यो । ‘
नीति पनि असफल र नेतृत्व पनि असफल भई सकेको महामन्त्रीहरू कुन नैतिकताले पदीय दायित्वमा रहिरहने हो भन्दै उनले प्रश्न समेत गरेका छन् ।
आज फेरि नेपाल अत्यन्त कठिन मोडमा उभिएको समयमा र राष्ट्रिय राजनीतिमा पार्टीले गम्भीरतापूर्वक सक्रिय भूमिका खेल्नु पर्ने समयमा विधानको धारा १७(२) को दुई महामन्त्रीले गलत तर्क गरेको उनको आरोप छ ।


