काठमाडौं । सुनौलीबाट भारतको दिल्ली जाँदै गरेको बसमा आगलागी भएको छ । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा पुगेपछि बसमा आगलागी भएको हो । आगलागीमा परेर कम्तिमा तीनजनाको मृत्यु भएको छ । बसमा ४५ यात्रु रहेकामा अधिकांश नेपाली यात्रु सवार रहेका थिए ।
बस घिस्रिँदै १०० मिटर पर पुगेर हाइटेन्सन लाइनको खम्बामा ठोक्किएपछि खम्बा बसमाथि खसेको थियो । घाइने हुनेहरूमा शिवबहादुर परियार (गुल्मी, तम्सास), पूर्णिमा परियार, कृष्णबहादुर (कावासोती), विष्णुबहादुर, अनिलबहादुर, सरस्वती, दिवाकर न्यौपाने (बुटवल) रहेका छन् ।
त्यसैगरी, दिया योगी (बुटवल), विशाल गुरुङ (गुल्मी, तम्घास), लालबहादुर (छत्रकोट, गुल्मी), उसा (गुल्मी) छन् । साथै, सुबोध अर्याल (स्याङ्जा), कमलबहादुर पौडेल (मोरङ), भुवन, छन् ।
यसैगरी ओमबहादुर (पाल्पा), वसन्त सर्तुंगी (तम्घास, गुल्मी), सोनाम (बुटवल), अनिसा (बुटवल), गुनबहादुर (गुल्मी), बोधबहादुर (सुनवल, नवलपरासी) र धनकुमारी छन् ।
खैरुल बुभ (भगवानपुर, बिहार) नाउद अली (भगवानपुरबिहार,) र विक्रम (कर्नाल, हरियाणा) रहेका छन् । मृत्यु हुनेको भने पहिचान खुल्न बाँकी छ ।


