२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:13 am
Banner

राजीनामा दिँदै मधेशका मुख्यमन्त्री यादव

सूचना प्रेस २०८२ मंसिर १७ बुधबार ००:००, १२:१५ बजे १ मिनेट पढाइ

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आज बस्ने प्रदेशसभा बैठकमा राजीनामा दिने तयारी गरेका हुन् । यसअघि सर्वोच्च अदालतले उनलाई २४ घण्टाभित्र संसदबाट विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

विश्वासको मत नपाउने भएपछि उनले राजीनामा दिन लागेका हुन् । आज बिहानका लागि बोलाइएको प्रदेशसभा बैठक सारेर २ बजेका लागि बोलाइएको छ ।