काठमाडौँ । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।
भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माण सम्बन्धी भ्रष्टाचार मुद्दामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर १७ गते (बुधबार) पक्राउ गरेको थियो।


