काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सोमबार (मंसिर २२) देखि साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो ।

विदेशमा रहेका नेपालीले न्यूनतम् ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त परिमाणको साधारण सेयरमा छिटोमा यही मंसिर २५ गतेसमम्म बढीमा आगामी पुस ७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
साधारण सेयरमा लगानी गर्न चाहनेले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा मेरो सेयरको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । सो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ९० करोडको १० दशमलव १४ प्रतिशत १९ करोड २६ लाख ६० हजारको बराबरको १९ लाख २६ हजार ६०० कित्तामध्ये ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयर बिक्री गर्न लागेको छ । साधारण सेयरको १० प्रतिशत अर्थात एक लाख १५ हजार ५९६ कित्ता साधारण सेयर आजदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकलाई बिक्री गर्न लागिएको हो ।


