३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:41 am
Banner

एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

सूचना प्रेस २०८२ मंसिर २६ शुक्रबार ००:००, १३:२७ बजे १ मिनेट पढाइ

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक समय समय परिवर्तन भएको छ । आज शुक्रबार दिउँसो १ बजेलाई बोलाइएको बैठक एक घण्टा पछि २ बजे बस्नेगरी समय परिवर्तन भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

११ औँ महाधिवेशन अघि बस्न लागेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन र मनोनीत प्रतिनिधिबारे प्रस्ताव गर्ने बताइएको छ । एमालेको महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ ।