३ मंसिर २०८३, बिहिबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:22 am
समाचार

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

सूचना प्रेस २०८२ मंसिर २७ शनिबार ००:००, ०९:४८ बजे १ मिनेट पढाइ

बेलबारी (मोरङ), २७ मङ्सिर । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा पर्नुभएको थियो । आज बिहान करिव ६ः३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो ।