३ मंसिर २०८३, बिहिबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:51 am
समाचार

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

सूचना प्रेस २०८२ मंसिर २९ सोमबार ००:००, १०:२४ बजे १ मिनेट पढाइ

उदयपुर । वन मुद्दामा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । कटारी नगरपालिका-१ खसिबास बस्ने ७० वर्षीय धक्कुसिंह राईलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको हो।

उदयपुर जिल्ला अदालतको फैसलाले धक्कुसिंह राईलाई १२ दिन कैद र रु. १ लाख ५३ हजार ६९२ रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि मंसिर २८ गते अदालत बुझाइएको छ।