काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै पार्टीको प्रतिष्ठामा आँच आउने कुरा नगर्न निर्देशन दिएका छन् ।

ओलीले एमाले लोकतान्त्रिक पार्टी भएकाले आफ्ना कुरा राख्न पाउने भए पनि ती कुरा नीति निर्णय भन्दाविपरीत सामूहिक हित र राष्ट्रिय स्वार्थबाहेक नबोल्न सुझाएका हुन् । उनले त्यसलाई स्वतन्त्रता नभनिने बताए । उनले सार्वजनिक सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न समेत निर्देशन दिए ।
त्यस्तै, उनले पार्टीभित्र गुट अन्त्य भइसकेको बताएका छन् । महाधिवेशनमा उम्मेदवार बन्दा कोही प्यानल र कोही स्वतन्त्र लडे पनि मतपरिणाम सार्वजनिक भइसकेपछि गुट सकिएको उनको भनाइ छ ।


