१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:16 am
Banner

सरकार अनलाईन मिडियासँग सहकार्य गर्न तयार छ : सञ्चारमन्त्री खरेल

सूचना प्रेस २०८२ पुस ६ आइतबार ००:००, १६:१७ बजे १ मिनेट पढाइ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाईन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित छलफल कार्यक्रममा उनले सरकारले नीतिगत रुपमा सुधार गरेर नै अनलाईन टिभी मिडियाहरुसँग सरकारले सहकार्य गर्ने बताए ।

उनले अनलाईन टिभी मिडिया न्यु मेन स्ट्रिम मिडिया भएको पनि बताए । उनले न्यु मेन स्ट्रिम मिडियाले देश र जनताको लागि ठूलो सहयोग गरेको पनि बताए ।  न्यु मेन स्ट्रिम मिडियालाई दर्ता प्रक्रियामा सहजीकरण, लोककल्याणकारी विज्ञापन, नविकरणमा सहजिकरण, तालिम, पुरस्कार लगायतका व्यवस्था सरकारले गर्ने बताए ।