काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार रहेको दाबी गरेका छन् ।
आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता जनाएको मन्त्री खरेलले जानकारी दिए ।
‘प्रधानमन्त्री सुशीला कार्कीज्यूले बोलाएको उच्चस्तरीय वार्तामा चुनाव केन्द्रित विषयमा छलफल भयो । बैठकले चुनावमा जाने सहमति तीन ठूला दलका शीर्ष नेताहरु र प्रधानमन्त्रीबीच कायम भएको छ । अब चुनावमा सहभागी हुने कुरा प्रमुख र अन्य राजनीतिक दलबीच पनि सहमति भएको जानकारी यहाँहरुलाई गराउँछु ।’ मन्त्री खरेलले भने ।
शनिबार प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी थिए ।


