काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच चुनावी सहकार्य हुने भएको छ ।
रास्वपा र र बालेन शाहसँग सहमतिमा नगएका कुलमानले प्रलोपासँग सहकार्य गर्न लागेका हुन् । दुई पार्टीबीच आज ६ बजे सहमति पत्रमा हस्ताक्षरको तयारी भइरहेको बताइएको छ ।
प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन् । शर्मा मन्त्री हुँदा नै कुलमानलाई विद्युत् प्राधिकरणमा लगेका थिए ।


