काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ । घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताकाे नेता बन्ने भएका छन् । तीन जनाबीच आज भएको छलफलमा यस्तो सहमति जुटेको हो । कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा उनीहरुको वार्ता भएको हो ।

त्यस्तै आजै रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरका मेयर बालेन शाह र घिसिङबिच सँगै निर्वाचनमा जाने सहमति भइसकेको छ ।


