नवलपरासी । नवलपरासी पश्चिममा दुईजना मजदुर मृत फेला परेका छन् । बर्दघाट नगरपालिका-१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत दुईजना उद्योगमै मृत फेला परेका हुन् ।
मृतकमा बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला-६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका छन् ।
उनीहरू सुतेकै ठाउँमा मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । आफन्तले घटना शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।


