काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन बैशाख अन्तिममा गर्ने प्रस्ताव गरिएको छ ।
आज केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरेका हुन् ।
महामन्त्रीद्वय विशेष महाधिवेशनको प्रक्रियामा अगाडि बढेपछि काँग्रेसभित्र विवाद चुलिएको छ ।


