७ जेष्ठ २०८३, बिहिबार 1779370068
Banner

अब अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने

काठमाडौं : अब सरकारले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्।

 त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको पनि उनले बताए। यसैगरी सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ।