काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने छ ।

वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको छ ।


