३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:27 pm
Banner

रवि र कुलमानबीच भेटवार्ता

सूचना प्रेस २०८२ पुस २५ शुक्रबार ००:००, १३:१३ बजे १ मिनेट पढाइ

काठमाडौं । उर्जामन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । बुधबार राति राजीनामा दिएका घिसिङले आज लामिछानेसँग भेटवार्ता गरेका हुन् ।

घिसिङले अब राजनीतिमा सक्रिय हुने निर्णय गर्दै राजीनामा दिएका थिए । भेटवार्तामा पार्टी समायोजन लगायतका विषयमा छलफल भएको बताइएको छ । घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएपनि अझै विवाद भने कायमै छ ।

उज्यालो नेपाल पार्टीले केन्द्रीय समितिमा हिस्सेदारी, समानुपातिक सूची संसोधनदेखि प्रत्यक्ष निर्वाचनको उम्मेदवारीसम्मका विषयमा प्याकेजमा सहमति खोजेको छ ।