३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:27 pm
Banner

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु

सूचना प्रेस २०८२ पुस २५ शुक्रबार ००:००, १४:०९ बजे १ मिनेट पढाइ

काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका ८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२,००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

चालकसहित ६ जना सवार रहेकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ ।