काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच बालुवाटारमा वार्ता जारी छ।

विवाद समाधानका लागि विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा संस्थापन पक्षले वार्ता समिति गठन गरेका थिए। विशेष महाधिवेशन पक्षधरतर्फ केन्द्रीय सदस्य प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा रहेका छन्।
संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल वार्ता समितिमा सहभागी छन्।


