२ जेष्ठ २०८३, शनिबार 1778912575
Banner

सुमन सायमी नेतृत्वको समूह नेकपामा समाहित

काठमाडौँ : राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ। बुधबार दिउँसो राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमी नेतृत्वको समूह नेकपामा समाहित भएको हो।

सायमीसहित मुक्ति पार्टीका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरुद्ध संघर्षरत नेताहरू पनि सहभागी भएका छन्।

‘वैकल्पिक शक्ति भन्नेले सदनलाई रंगमञ्च बनाउने तयारी गरिरहेका छन्। बिना त्याग, तपश्या प्रधानमन्त्री घोषणा गरी बाँडफाँट गर्दै जानेविरूद्ध हामी एकीकृत हुँदै छौँ,’ उनले भनेका थिए, ‘हामीले उठाएका मुद्दा नेपाली कम्युनिस्ट पार्टीसँग मिल्ने भएकाले जान लागेका हौँ।’

उनी कालीमाटी क्षेत्रका बासिन्दा हुन्। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा उनी काठमाडौँ-८ बाट चुनाव लड्ने तयारीमा छन्। गत स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सायमीले १३ हजार ७७० मत प्राप्त गरेका थिए।