२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:39 pm
Banner

दानबहादुर कार्कीले नियुक्तिपत्र बुझिसके : गृहमन्त्रालय

सूचना प्रेस २०८३ कार्तिक २९ आइतबार ००:००, १७:३५ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्त भएकै दिन पत्र बुझिसकेको गृह मन्त्रालयले जनाएको छ। तर लगातारका सार्वजनिक बिदाका कारण उनी औपचारिक रूपमा कार्यकक्षमा उपस्थित हुन नसकेको मन्त्रालयको भनाइ छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले कात्तिक १८ गते नै नियुक्तिपत्र प्राप्त गरेका थिए। मन्त्रिपरिषद्को सोही दिन बसेको बैठकले मुलुकको शान्ति सुरक्षा थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा आवश्यक परामर्श र सुझाव दिन विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी उनलाई जिम्मेवारी दिएको थियो।

नियुक्तिपत्र बुझेपछि तिहार र छठ पर्वका कारण लामो समय सार्वजनिक बिदा परेकाले कार्की कार्यालयमा हाजिर हुन नपाएको प्रवक्ता काफ्लेले स्पष्ट पारे। उनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत व्यवस्थापन गरिएको छ।

यसैबीच, कार्कीले आफूलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। सरकारको निर्णयलाई चुनौती दिँदै अदालत पुगेका कार्की प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारका रूपमा नियुक्त भएका हुन्।