काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका उपसभापति पूर्णबहादुर खड्का निर्वाचन आयोगमा पुगेका छन् । शुक्रबार साँझ आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि उनी आयोग परिसर पुगेका हुन् ।

उनले आयोगको निर्णय आफूहरुलाई मान्य नहुने बताए । “जे आशंका गरेका थियौँ त्यही भयो । स्थापित नजिरको विरुद्धमा छ आयोगको निर्णय,” खड्काले भने, “हामी राजनीतिक र वैधानिक सबै लडाइँ लड्छौँ । के के हुन्छ, त्यो गर्छौं ।”
वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उनले बताए । उनले सबै सेटिङमा भएको समेत बताए । प्रक्रियागत रुपमा षड्यन्त्रपूर्ण रहेको बताउँदै उनले आयोगको निर्णय कांग्रेसको विधान विपरीत रहेको समेत बताए ।


