३ आश्विन २०८१, बिहिबार 1726783631
Banner

बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने, एमाले सांसदहरु ले भण्डाफोर गर्ने

काठमाडौं : संघीय संसदका दुवै संसदमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल हुन लागेको हो। 

बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 

त्यस्तै आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

बैठकमा एमालेका साँसदहरुलाई कडा रुपमा प्रष्तुत हुने अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । एमालेले बजेटलाई हावादारीको संज्ञा दिएको छ । अध्यक्ष ओलीले बजेटका बारेमा संसदमै भण्डाफोर गर्न आफ्ना साँसदहरुलाई निर्देशन दिइसक्नु भएको छ ।