काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने तयारी गरेको छ । मनोनयन दर्ताको समय सीमा थप गर्न प्रमुख राजनीतिक दलले आग्रह गरेपछि आयोग छलफलमा जुटेको हो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न माग गरिएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले माघ ६ गतेबाट सुरु हुने मनोनयन दर्ताको समय माघ १५ देखि माघ मसान्तसम्म सार्न आग्रह गरेका हुन् ।


