८ मंसिर २०८१, शनिबार 1732399186
Banner

विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात् शवलाई आफन्तको जिम्मा लगाइनेछ ।

यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो ।