काठमाडौँ — उज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्री गुरुङले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँको चुनावी चिन्ह “चिम बल्ब” रहेको छ, जसले उज्यालो भविष्य, नवप्रवर्तन र आशाको प्रतिनिधित्व गर्दछ।

“आर्थिक रूपान्तरण र समृद्धि” भन्ने मूल नारासहित श्री गुरुङले रोजगारी सिर्जना, प्रविधि-आधारित विकास, शिक्षा सुधार, गुणस्तरीय स्वास्थ्य सेवा र सुशासनलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सार्नुभएको छ। परम्परागत राजनीति भन्दा बाहिर निस्केर परिणाममुखी, उद्यमशील र प्रविधिमैत्री शासन प्रणाली स्थापना गर्नु उहाँको मुख्य प्रतिबद्धता हो।
श्री गुरुङको घोषणापत्रको केन्द्रमा अर्थतन्त्रको रूपान्तरण रहेको छ। स्टार्टअप, साना तथा मझौला उद्यम, एन्जेल इन्भेष्टर, भेन्चर क्यापिटल र निजी इक्विटीलाई प्रवर्द्धन गर्दै कृत्रिम बुद्धिमत्ता , रोबोटिक्स, बायोटेक्नोलोजी, स्पेस साइन्स, क्लिन इनर्जी र डिजिटल अर्थतन्त्रलाई राष्ट्रिय विकासको आधार बनाउने उहाँको दृष्टिकोण छ। नेपालमै Compute Hub, Data Processing, Crypto Miningm जस्ता उच्च मूल्यका उद्योग विकास गर्ने लक्ष्यसमेत घोषणापत्रमा समावेश छ।
युवा तथा रोजगारीका सवालमा, श्री गुरुङले सीप, आधारित शिक्षा, भुक्तानसहितको इन्टर्नशिप, स्टार्टअप–मैत्री नीति, डिजिटल नोमाड भिसा तथा क्रेडिट रेटिङका आधारमा लगानी पहुँच सुनिश्चित गर्ने नीति अघि सार्नुभएको छ। महिलाहरूका लागि विशेषगरी Women in Tech कार्यक्रममार्फत उद्यमशीलता र नेतृत्व विकासमा जोड दिइनेछ। शिक्षा क्षेत्रमा, बजार र उद्योगसँग जोडिएको व्यवहारिक शिक्षा, STEM, AI, रोबोटिक्स र डिजिटल सीप विकासलाई प्राथमिकता दिइनेछ। साथै साइबर बुलिङ, अनलाइन ठगी र गलत सूचनाविरुद्ध डिजिटल साक्षरतामा विशेष अभियान सञ्चालन गरिनेछ।
स्वास्थ्य र सामाजिक सुरक्षामा, क्यान्सर उपचार, मानसिक स्वास्थ्य सेवा, केयर होम, वेलनेस तथा मेडिकल टुरिजमको विकासलाई प्रविधिसँग जोडेर अघि बढाइने प्रतिबद्धता गरिएको छ। पर्यटन, ऊर्जा र प्राकृतिक स्रोततर्फ, उच्च-मूल्य पर्यटन, पर्वतारोहण सुधार, साहसिक खेलकुद, स्वच्छ ऊर्जा, टिम्बर फार्मिङ र दिगो कृषि प्रणाली विकासलाई प्राथमिकता दिइनेछ।
सुशासनका लागि डिजिटल रेटिङ सिस्टम, सक्षम सेवा प्रवाह, पारदर्शी कर प्रणाली र प्रभावकारी सार्वजनिक सेवा लागू गर्ने स्पष्ट योजना घोषणापत्रमा उल्लेख छ।
श्री गुरुङ भन्नुहुन्छ, “काठमाडौँ–५ लाई अब भाषण होइन, समाधान चाहिएको छ। उज्यालो भविष्यका लागि प्रविधि, उद्यम र इमानदार नेतृत्व आवश्यक छ।”
उहाँको उम्मेदवारीले काठमाडौँ–५ मा नयाँ राजनीतिक विकल्प, भविष्यकेन्द्रित सोच र आर्थिक समृद्धिको स्पष्ट रोडम्याप प्रस्तुत गरेको विश्वास उज्यालो नेपाल पार्टीले लिएको छ।


