५ आश्विन २०८१, शनिबार 1726939608
Banner

मेयर जित्ने निश्चित भएपछि पहिलो पटक अध्यक्ष ओलीलाई भेट्दै बालेन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वतन्त्रबाट काठमाडौं महानगरको मेयर बालेन साहले भेटघाट गर्नुभएको छ । साहले अन्तिम निर्वाचन परिणाम आउनु अघि नै अध्यक्ष ओलीसँग भेट्नु भएको हो ।

अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार बालेन सहित पाँचजनाको टिम ओलीलाई भेट्न बालकोट पुगेको थियो । ‘केहीबेर सामुहिक भेटघाट भयो । त्यसपछि अध्यक्षज्यूसँग बालेनले एक्लै भेट्नु भयो’ ब्रजाचार्यले भन्नुभयो ।
बालेन बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकोले अध्यक्ष ओलीले शुभकामना दिनुभएको थियो । अध्यक्ष ओली र बालेनको एक्ला एक्लैको भेटमा के विषयमा कुरा भयो खुलाइएको छैन ।

आफूले मेयरमा जित्ने निश्चित भएपछि दलका नेताहरु मध्ये पहिलो पटक अध्यक्ष ओलीलाई भेट्न बालकोट आएको बालेन समुहले बताएको थियो । काठमाडौं महानगरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर बालेनले केही सुझाव मागेको बालकोट स्रोतले जनाएको छ । मेयर उपमेयरमा दुवैजना युवाहरुले विजयी हासिल गर्दै गरेकोले यहाँको आवश्यकतालाई पहिचान गरेर अघि बढ्न र ‘युवाहरुलाई भाइब्रेट क्रिएट गर्ने काम’ गर्न अध्यक्ष ओलीले बालेनलाई सुझाव दिनुभएको स्रोतले जनाएको छ ।