काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताएका छन् ।

शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देश जिताउनुपर्छ भन्ने सोचका साथ एमालेमा प्रवेश गर्ने सबैलाई पार्टीमा स्वागत गर्ने अध्यक्ष ओलीले बताए । त्यस्तै, नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको पनि उनले बताए ।
उनले नयाँ पार्टीहरूप्रति सङ्केत गर्दै उनीहरुको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे । त्यस्तै, एमाले राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको उनले बताए । यस कार्यक्रममा अध्यक्ष ओलीले दिपेन्द्र अग्रवालसहित शेयर बजारका लगानीकर्ताहरुलाई एमालेमा प्रवेश गराएका थिए ।


