काठमाडौँ — उज्यालो नेपाल पार्टीका तर्फबाट मधेश प्रदेश सिरहा क्षेत्र नं २ का समानुपातिक सांसदका उम्मेदवार तेज नारायण यादवले पार्टीको प्रचार प्रसारका लागि देशभरि नै सक्रिय रहेर काम गरिरहेको बताएका छन् । उज्यालो नेपालको मशेधी कोटाको पहिलो स्थानमा नाम समावेश भएका यादव पार्टीलाई धेरै भन्दा धेरै सिट जिताउन लागि परेका हुन ।

यादवले रोजगारी सिर्जना, प्रविधि–आधारित विकास, शिक्षा सुधार, गुणस्तरीय स्वास्थ्य सेवा र सुशासनलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्। परम्परागत राजनीति भन्दा बाहिर निस्केर परिणाममुखी, उद्यमशील र प्रविधिमैत्री शासन प्रणाली स्थापना गर्नु उनको मुख्य प्रतिबद्धता हो।
कन्सल्टेन्टको जागिर छोडेर समाजसेवामा समेत सक्रिय यादव नेपालको उर्जा बेचेर शिक्षा स्वास्थ्यमा रोजगार दिन सकिन्छ भन्ने नारासहित चुनाबी अभियानमा होमिएका छन् । मधेशमा कृषिको आधुनिकिकरण, कृषि क्षेत्रमा अत्यावश्यक बिजुली, पानी साथै भण्डारणका लागि आफुले पहलकदमी लिने उनको सोच छ । साथै दिगो कृषि प्रणाली विकासलाई प्राथमिकता दिइने यादवको योजना रहेको छ ।

आफुले पार्टीलाई देशभरि नै जिताउनुपर्ने दायित्व भएकाले आफु मधेशी कोटाको समानुपातिकमा रहेर देश दौडाहमा निस्किएको यादवले बताएका छन् ।


