काठमाडौं । ललितपुरको झम्सीखेलमा रहेको ‘मार्सी थकाली रेष्टुरेन्ट’ ले छोटो समयमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।
जुम्लाको मार्सी चामल देखि तराईको घोंगी गंगटासम्म पाउने यो रेष्टुरेन्ट काठमाडौंकै सबैभन्दा ठूलो लोकल फुडको रेष्टुरेन्ट हो भन्दा फरक पर्दैन ।छोटो समयमा चर्चित व्यक्तित्वहरुदेखि कलाकारहरुले पनि निकै रुचाएको यस रेष्टुरेन्टमा नेपालको विभिन्न भू–भागको चर्चित खानेकुराहरुको लोकल स्वाद पाउन सकिन्छ । जसमा दाङको बधिया भाले, जसलाई खसी पारेको भाले पनि भनिन्छ । कालिज, बट्टाई, लोकल भाले, लुइँचे कुखुरा, च्याङ्ग्राको सुकुटी, खोलाको असला माछा, ट्राउट माछा र अन्य माछाका थुप्रै परिकार पनि पाइन्छ ।

खानाका पारखीहरुका लागि मार्सी चामलको थकाली अलवा नर्मल थकाली, ढिँडोलगायत अन्य खानाका उत्कृष्ट विकल्पहरु पनि छन् । विषेशतः नेपाली खानाको रेष्टुरेन्ट भएतापनि खानाको विकल्प खोज्ने ग्राहकहरुलाई मध्यनजर गर्दै यहाँ पिज्जा, वर्गर लगायत २०० भन्दा धेरै खाजाका परिकारहरु पनि उपलब्ध गराइएको छ ।
मार्सी थकाली रेष्टुरेन्टलाई सम्हाल्दै अघि बढिरहेका म्यानेजर मधुसुदन ढकाल भन्छन्, ‘हामीले क्वालीटीमा विशेष ध्यान दिँदै फरक र उत्कृष्ट स्वाद पस्किरहेका छौँ। झट्ट हेर्दा पनि यो रेष्टुरेन्ट अरु भन्दा भिन्न र उत्कृष्ट देखिन्छ ।’एकातिर मिथिला आर्ट, अर्कोतिर नेवारी आर्ट, तामाङ कल्चर र शेर्पा आर्ट समावेश गरेर रेष्टुरेन्टलाई खानामा मात्र होइन लुक्समा पनि हिमाल देखि तराई सम्म जोड्ने कोसिस गरिएको म्यानेजर ढकाल बताउँछन् ।
यो रेष्टुरेन्ट चारैतिर बस्ती र बिचमा खुला ठाउँ भएकाले झट्ट हेर्दा पुरानो नेवारी बस्ती जस्तो देखिन्छ । वर्थ डे, सेमिनार, गोस्टी र साथीभाइ जमघट गरेर आफैँले गीत गाउने र नाच्न मिल्ने ठाउँ पनि यहा उपलब्ध छ । रेष्टुरेन्ट भित्र चारैतिर खुला र हरियाली वातावरणले आनन्द अनुभव हुन्छ । झम्सिखेलमा यत्तिको ठूलो र शान्ति वातावरणको पार्किङसहितको रेष्टुरेन्ट सायद कमै भएको उनको दाबी छ ।
म्यानेजर ढकालका अनुसार यहाँको खानामा रेडिेमट (बाहिरको प्याकेटवाला) नभइ आफ्नै मसला प्रयोग गरिन्छ । यहाँको थकाली खाना विशेष हुनुको पछाडि अर्को कारण पनि छ, त्यो हो यहाँका कुक । ‘मुस्ताङमा १७/१८ वर्ष थकाली परिकारको अनुभव भएको कुक भएकोले पनि यहाँ थकाली खानाको अथेन्टिक स्वाद पाउन सकिन्छ ।’ उनी भन्छन् ।


