२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 10:11 am
Banner

महाराष्ट्रमा विमान दुर्घटना हुँदा उपमुख्यमन्त्री अजीत पवारको निधन

सूचना प्रेस २०८२ माघ १४ बुधबार ००:००, १०:४५ बजे १ मिनेट पढाइ

काठमाडौं । महाराष्ट्रमा विमान दुर्घटना हुँदा उपमुख्यमन्त्री अजीत पवारको मृत्यु भएको छ ।

बारामतीमा आज बिहान विमान अवतरणको क्रममा दुर्घटना भएको हो । दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो ।

दुर्घटनामा विमानमा सवार उपमुख्यमन्त्री पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र चालक दलका सदस्यको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रिपोर्टका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको विमान अवतरणको क्रममा धावनमार्गबाट ​​चिप्लिएको थियो ।