६ आश्विन २०८१, आइतबार 1727015090
Banner

बालेन्द्रलाई भेटेपछि देउवाले भने, ‘तपाईँले चमत्कार गर्नुभयो, म खुसी छु’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा देउवा र शाहबीच भेटवार्ता भएको हो ।

भेटदमा प्रधानमन्त्री देउवाले खुशी व्यक्त गरेको बालेन निकट स्रोतले भनेको छ । भेटमा देउवाले भने, ‘तपाई ले चमत्कार गर्नुभयो.. म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ। मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ। महानगरको कार्यपालिकामा काँग्रेस को बहुमत छ बिकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला, केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबै बाट सहयोग हुनेछ।’