काठमाडौं । पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ ।

उनको ब्रे्न हयामरेजबाट निधन भएको अस्पतालले जनाएको छ । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अहिले चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।
४३ वर्षीय सिटौला अविवाहित हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए ।



