३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 7:54 pm
राजनीति

माधव नेपालविरूद्वको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

सूचना प्रेस २०८२ माघ १८ आइतबार ००:००, १४:१९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरूद्वको भ्रष्टाचार मुद्दामा अदालतले साक्षी बुझ्ने आदेश दिएको छ ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले आज साक्षी बुझ्ने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरिएको छ ।