काठमाडौं । यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा सोलुखुम्बुको चुनावी चर्चा पेचिलो बन्दै गएको छ । यस क्षेत्रमा नेपाली काँग्रेसबाट समाजसेवा र उद्यमीहुँर्दै राजनीतिमा सक्रिय व्यक्तित्व प्रकास सिंह कार्कीको प्रत्यक्ष उम्मेदवारीले सोलुको निर्वाचनमा रोमान्चक माहोल बन्न पुगेको स्थानीय बताउँछन् ।

चिरपरिचित अनुहार आफनो निर्वाचन क्षेत्रमा आएपछि चुनावी प्रचारप्रसारलाई स्थानीय बासीले तीब्र बनाएका छन । कार्कीको पहलमा सोलुखुम्बू जिल्लामा एम्बुलेन्स तथा स्टेचर बितरण, शिक्षा तर्फ कम्प्युटर,ल्याबटप्,ट्र्याकसुट् र झोला बितरण जस्ता थुपै कार्यहरु भएका छन् । गाँउसमाजका आम नागरिकहरुको मन,मुटुभित्र आफुलाई निष्ठापुर्ण सामाजिक ब्यक्तित्वको रुपमा स्थापित गरि सकेका कार्की स्थानीयमाझ रुचाइएका पात्र हुन ।
घरदैलो तथा भेटघाट कार्यक्रममा मतदातालाई रुख चिन्हमा भोट हाल्न कार्कीले अनुरोध गरेका छन् । आफ्ना कार्ययोजना सुनाउने क्रममा कार्की भन्छन्, ‘मैले यस क्षेत्रमा तपाईंहरु माझ खड्किएको बाटोघाटो, खानेपानी, ढलनिकास, शिक्षा, स्वास्थ, पर्यटन, धार्मिक मठमन्दिर, ऐतिहासिक पुतात्विक महत्वका धरोहरुको संरक्षण, सम्वद्र्धन र पुनर्संरचना गर्ने जिम्मा मेरो भयो तपाईंहरुले मलाई ‘रुख’मा मत दिएर जिताउनुहोस् ।’ कार्की अगाडि थप्छन्, ‘अहिलेसम्मको माहोल हेर्दा हाम्रो जित भइसकेको छ, त्यसमा तपाईंहरुको सहयोग अपरिहार्य रहने छ ।’ तपाईंहरुको यो साथ, सहयोग र समर्थन आगामी फागुन २१ गते सार्थक बनाउनुहुने छ भन्नेमा म ढुक्क छु ।’


