काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (माघ २१) मा सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ ।

हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो । त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो ।


