२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 10:56 am
राजनीति

चीन जाने रास्वपा सांसदहरुले बालेनपछि रविसँग गरे छलफल

सूचना प्रेस २०८३ कार्तिक २८ शनिबार ००:००, १०:५५ बजे १ मिनेट पढाइ

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ ।

भ्रमणको तयारी तथा समसामयिक विषयमा प्रतिनिधिमण्डलले आज सभापति लामिछानेसँग उनको निवासमा छलफल तथा परामर्श गरेको हो ।

यसअघि शुक्रबार चीन जाने टोलीले पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन साहसँग छलफल गरेको थियो ।