काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म सँस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ततकाल रिहा गर्न आग्रह गरेको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै राप्रपाले दुर्गा प्रसाईंलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटकपटक पक्राउ गरिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन नागरिकले स्वतन्त्रतापूर्वक हिड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध समेत गर्न पाउने संविधान प्रदत्त अधिकारको कुण्ठित समेत गरेको छ ।’ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


