काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ८ बजे ‘जुम’ प्रविधिमार्फत बस्ने पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । ‘जुम’ बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई सहभागी हुन अनुरोध गरिएको छ ।
बैठकका लागि तीन वटा एजेन्डा तय गरिएका छन् । कार्यवाहक मुख्य सचिव दुलालका अनुसार बैठकमा नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वाचन परिचालन निर्देशिका–०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुनेछ । यस्तै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित पार्टीको घोषणापत्रलाई अन्तिम रूप दिने कांग्रेसको तयारी छ ।


